दफा २९
बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन नपाउने
दफा २८ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थामा देहायका अवधिभर कर्मचारी बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन पाउनेछैनः-
(क) निलम्बन भएकोमा निलम्बन भएको अवधिभर,
(ख) बढुवा रोक्का भएकोमा रोक्का भएको अवधिभर,
(ग) तलबवृद्धि रोक्का भएकोमा रोक्का भएको अवधिभर,
(घ) दफा १०३ बमोजिम समूह परिवर्तन गरेको कर्मचारी भए त्यसरी समूह परिवर्तन भएको मितिले तीन वर्षको अवधिभर ।